Lucky-Khabar_

प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं  प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार स्थिति झन् बिग्रिएपछि प्रधानमन्त्री ओलीले राजीनामा बुझाएका हुन्।

content ad p2

मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निवकास र समस्या समाधानको थप पहलका लागि भन्दै प्रधानमन्त्रीले राजीनामा दिएका हुन्।

त्यस्तै यसअघि प्रधानमन्त्री ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका थिए। तर, प्रदर्शकारीहरूले नेताहरूको घर छानी छानी आगजनी गरिरहेका छन्। सरकारी भवन, पार्टी कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरिरहेका छन्।

प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको निवासलगायत नेता र मन्त्रीका घरहरूमा आगजनी गरेका छन्।

त्यस्तै प्रदर्शनकारीहरूले प्रहरी बिट जलाउनुका साथै सिंहदरवारमा पनि प्रवेश गरेका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर