Lucky-Khabar_

बिरगंज महानगरपालिका कार्यालयमा आगजनीपछि लुटपाटमा सुधीर पटेल पक्राउ

आर्यन दिपक
बिरगंज ।बिरगंज महानगरपालिकाको कार्यालय भवनमा आगजनी भएपछि भएको लुटपाटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बिन्दवाशिनी–५, बडसौरा निवासी कन्हैया पटेलका २२ वर्षीय छोरा सुधीर पटेललाई नगर प्रहरी प्रमुख हरि भुसालको नेतृत्वमा गएको टोलीले चोरीका सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

content ad p2

बरामद भएका सामानहरू हाड डिक्स ९ थान,केवल टेस्टर १ थान,क्यामेरा ३ थान,ल्यापटपको केवल १ थान,कम्प्युटर केवल १ थान,डिजिकम उपकरण ९ थान,डेस्कटप मोनिटर ९ थान,ऋएग् १ थान,ऋएग् पावर केवल १ थान,माउस १ थान लगाएतका समानहरु बरामद भएको थियो।

प्रहरीका अनुसार आगजनीपछि अराजक अवस्थाको लाभ उठाउँदै केही व्यक्तिहरूले कार्यालयभित्र रहेका सामान लुटपाट गरेका थिए। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर