Lucky-Khabar_

प्रधानमन्त्री कार्कीद्वारा महान्यायाधिवक्तामा सविता भण्डारी बराललाई नियुक्त गर्ने तयारी

काठमाडौं ।महान्यायाधिवक्ता रमेश बडालको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा स्वीकृत भएको केही घण्टामै प्रधानमन्त्री सुशीला कार्कीलेनयाँ महान्यायाधिवक्ताको रूपमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई नियुक्त गर्ने तयारी थालेकी छिन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले सविता भण्डारी बरालको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने अन्तिम चरणमा पुगेकी छन्। बराललाई नियुक्त गरिएको खण्डमा उनी नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता बन्नेछिन्।

content ad p2

बराल कानुनी क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएकी वरिष्ठ अधिवक्ता हुन्। उनको कानुनी दक्षता र निष्पक्ष छविले उनलाई देशको उच्च कानुनी पदमा पुर्‍याउन सहयोग गरेको बुझिएको छ।

त्यसतै यस नियुक्तिलाई लैङ्गिक समानताका दृष्टिले पनि महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। अब राष्ट्रपतिको अनुमोदनपछि उनको नियुक्ति औपचारिक बन्नेछ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर