Lucky-Khabar_

जंगीअड्डासामु पत्रकार समेलानामै जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे

काठमाडौँ । जंगीअड्डा अगाडि आयोजित पत्रकार सम्मेलनमै ‘जेन-जी’ आन्दोलनका कार्यकर्तासँग कुटाकुटमा उत्रिएका प्रेम लामा फेरि विवादमा परेका छन् । आइतबार राजधानीको भृकुटीमण्डपमा पत्रकारहरूसँग भएको छलफलका क्रममा लामाले केही पत्रकारसँगै वाक्‌युद्ध मात्र होइन, शारीरिक भिडन्त समेत गरेका छन् ।

घटनाबारे उपस्थित अन्य पत्रकारहरूले लामाको आक्रामक व्यवहारप्रति आपत्ति जनाउँदै शान्तिपूर्ण छलफलमा उग्र शैली देखाउनु गैरपेशागत भएको प्रतिक्रिया दिएका छन् । पत्रकार महासङ्घका केही प्रतिनिधिहरूले तत्कालै स्थिति नियन्त्रणमा लिएका थिए ।

यसअघि पनि लामा जंगीअड्डा अगाडि भएको पत्रकार सम्मेलनमा ‘जेन-जी’ आन्दोलनका युवासँग हातपातमा उत्रिएका थिए । लगातार यस्ता घटनामा संलग्न भइरहनुले उनको चरित्र र उद्देश्यप्रति प्रश्न उठेको टिप्पणी गरिएको छ ।

content ad p2

भृकुटीमण्डप घटनापछि सुरक्षाकर्मी परिचालन गरी तनाव न्युनिकरण गरिएको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर