Lucky-Khabar_

नेतृत्व हस्तान्तरणको दबाब: २८ राजनीतिककर्मीद्वारा ‘पहिलो पुस्ता’ बिदा गरी पार्टी पुनर्गठनको आह्वान

काठमाडौं । देशको राजनीति नयाँ पुस्ताले सम्हाल्नुपर्ने मागसँगै २८ जना राजनीतिककर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ‘पहिलो पुस्ताका’ नेताहरूलाई सम्मानपूर्वक बिदा गरी पार्टी संरचनाको पुनर्गठन गर्न आह्वान गरेका छन् ।

content ad p2

विज्ञप्तिमा भनिएको छ, “तीन दशकदेखि देशको सत्ता र संगठनको बागडोर सम्हालिरहेका पुराना नेताहरूले अब नयाँ पुस्तालाई अवसर दिनु नै समयको माग हो।” उनीहरूले नेतृत्व हस्तान्तरणका लागि स्पष्ट रोडम्याप बनाउन र पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत गर्न सुझाव दिएका छन् ।

संयुक्त वक्तव्यमा सहभागी राजनीतिककर्मीहरू विभिन्न दलका युवा नेता, पूर्व विद्यार्थी नेता, सामाजिक अभियन्ता र नीतिवेत्ता रहेको बताइएको छ । उनीहरूले आगामी निर्वाचनका लागि नीति, दृष्टि र नेतृत्वमा नयाँ ऊर्जा आवश्यक भएको उल्लेख गर्दै राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।

उनका अनुसार, “देशमा नेतृत्वको पुनःसृजना बिना राजनीतिक विश्वास पुनःस्थापना सम्भव छैन।”

यसअघि पनि नयाँ पुस्ताका नेताहरूले लगातार पार्टीभित्र नेतृत्व हस्तान्तरणको माग गर्दै आएका छन् । तर पुरानो पुस्ताका नेताहरूले उक्त मागलाई बेवास्ता गर्दै आएका कारण असन्तोष बढ्दै गएको देखिएको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर