Lucky-Khabar_

भदौ २३,२४ को आन्दोलन छानबिन आयोगको प्रतिवेदन मान्दैनौं केपी ओलीको भनाई

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन एमालेले नमान्ने स्पष्ट चेतावनी दिएका छन्।

content ad p2

भक्तपुरको गुण्डुमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले आयोगमा नियुक्त व्यक्तिको पूर्वअभिव्यक्ति र पृष्ठभूमि नै विवादास्पद भएको आरोप लगाउँदै आयोगको निष्पक्षतामाथि प्रश्न उठाए।

“नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन। आयोगमा बस्नुअघि नै गम्भीर प्रश्न उठेको छ। पूर्वअभिव्यक्ति विवादित छन्। यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो,” उनले भने।

“एउटा मान्छे अहिलेको अहिले निष्पक्ष बन्नुभयो रे। के गंगाजलले नुहाउनुभयो? कि बागमतीको पानीले? गहुँत खाएर वा सुनपानी छर्केर शुद्ध भइहाल्नुभयो?”ओलीले ती आयोग सदस्यमाथि व्यंग्य गर्दै भने |

उनले आयोगको प्रतिवेदनलाई पूर्वनियोजित र पूर्वाग्रही ठहर गर्दै थपे, “लुसुलुसु अगाडि बढ्नुस्, प्रतिवेदन लेख्नुस्, फैसला गर्नुस् — हामी मान्दैनौं। एमाले चिटपट खेलेर आएको पार्टी होइन, संगठन बनाएर आएको पार्टी हो।”

वर्तमान सरकारको नियतमा खोट रहेको आरोप लगाउँदै आयोगमार्फत सत्य दबाउने, विपक्षीमाथि दोषारोपण गर्ने प्रयास भइरहेकाले एमाले त्यसको प्रतिवाद गर्न तयार रहेको स्पष्ट ओलीले पारे।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर