पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । आन्दोलनको एक महिना पूरा भएको अवसरमा बिहीबार वीरगञ्जमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम रास्वपा पर्सा जिल्ला सभापति हरि पन्तको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, रास्वपा पर्सा–१ का क्षेत्रीय सभापति राम आर्य, पर्सा–४ का सभापति जितेन्द्र मिश्र, जिल्ला संस्थापक सभापति दिलीप कुर्मी, नेता महामुदीन आलम,प्रदिप पटेल,पूर्ण लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धा व्यक्त गर्दै, आन्दोलनका मागहरू कार्यान्वयनका लागि सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले रास्वपा सधैं न्याय, पारदर्शिता र नागरिक अधिकारका पक्षमा उभिने प्रतिबद्धता समेत जनाए ।
श्रद्धाञ्जली कार्यक्रमको अन्त्यमा सहिदहरूका आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।


