अभिलाष गुप्ता

विश्व दृष्टि दिवस २०८२ कोअवसरमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ |सो अवसरमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा, आर्दशनगर–वीरगंज द्वारा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।“आफ्नो आँखालाई माया गरौं” भन्ने नाराका साथ आयोजित यस कार्यक्रमको उद्देश्य सर्वसाधारणलाई आँखाको स्वास्थ्यप्रति सचेत बनाउने तथा प्रारम्भिक अवस्थामै आँखासम्बन्धी समस्या पत्ता लगाउने रहेको थियो।
कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा आर्दशनगरका अध्यक्ष जय प्रकाश खेतान ले गर्नुभएको थियो भने कार्यक्रम किरण आँखा अस्पताल, वीरगंजको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।

उक्त अवसरमा किरण आँखा अस्पतालका विशेषज्ञ चिकित्सक टोलीले बिरामीहरूको निःशुल्क आँखा परीक्षण गरेका थिए।
शिबिरमा करिब १५० जना स्थानीय बासिन्दाले आफ्नो आँखा परीक्षण गराएका थिए।
कार्यक्रममा उपस्थित सहभागीहरूले नियमित रूपमा आँखाको जाँच गराउनुपर्ने, मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोगले दृष्टिमा पर्ने असरबारे सचेत रहनुपर्ने सन्देश पनि पाएका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष खेतानले अस्पतालका चिकित्सक टोली र सम्पूर्ण सहयोगीलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता स्वास्थ्यमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


