Lucky-Khabar_

घुससहित विद्यालयका प्रधानाध्यापक पक्राउ

रौतहट | रौतहटको देवाहीगोनाही नगरपालिका–अन्तर्गत जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह र उनका सहयोगी अरविन्द प्रकाश साह साढे चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

content ad p2

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, उनीहरूले शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै घुस मागेको सूचनाका आधारमा विशेष टोली खटाइएको थियो। टोलीले दुबै जनालाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडा लगिएको र आयोगले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर