Lucky-Khabar_

घुससहित विद्यालयका प्रधानाध्यापक पक्राउ

रौतहट | रौतहटको देवाहीगोनाही नगरपालिका–अन्तर्गत जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह र उनका सहयोगी अरविन्द प्रकाश साह साढे चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

content ad p2

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, उनीहरूले शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै घुस मागेको सूचनाका आधारमा विशेष टोली खटाइएको थियो। टोलीले दुबै जनालाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडा लगिएको र आयोगले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर