Lucky-Khabar_

युवकहरूबीच विवाद भएपछि हँसिया प्रहार गरेर युवकको हत्या, दुईजना पक्राउ

कैलाली| युवकहरूबीच विवाद भएपछि हँसिया प्रहार गरेर एक जनाको हत्यामा दुईजना पक्राउ।

content ad p2

घोडाघोडी नगरपालिका-८ जडै बस्ने सुर्खेत चौकुने गाउँपालिका-३ मौरीबन घर भएका २८ वर्षीय केशर सिं बुढाको हत्या हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सोही नगरपालिका-८ जडै बस्ने १९ वर्षीय गगन भन्ने गंगा बुढाक्षेत्री समेत २ जना गए राति पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले वादविवाद क्रममा हँसिया प्रहार गरी केशरको हत्या गरेको छ। अस्थायी प्रहरी चौकी प्रतिखेतबाट खटिएको टोलीले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। थप सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर