Lucky-Khabar_

अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लंघनविरुद्ध बिरगंजमा युवाहरूले उच्च अदालतमा मुद्दा दायर

राम आर्य
वीरगंज । बिरगंजका युवाहरूले शहरमा बढ्दै गएको अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लंघनविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास, बिरगंजमा मुद्दा दायर गरेका छन्।

content ad p2

उनीहरूले दायर गरेको सार्वजनिक सरोकारको मुद्दामा बिरगंज महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय, र सम्बन्धित सरकारी निकायहरूलाई विपक्षी बनाइएको छ।

युवाहरूका अनुसार हाल बिरगंज शहरका मुख्य सडक र बजार क्षेत्रमा सवारीसाधनहरू सडककै छेउमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सर्वसाधारणलाई हिँडडुल गर्न कठिनाइ हुने, ट्राफिक जाम बढ्ने र दुर्घटनाको जोखिम समेत उच्च हुने गरेको छ।

मुद्दामार्फत उनीहरूले अदालतसँग पार्किङ प्रणालीलाई व्यवस्थित गर्न, ट्राफिक व्यवस्थापन सुधार गर्न, र स्थानीय निकायले प्रभावकारी कार्ययोजना ल्याउन निर्देशन दिन माग गरेका छन्।

स्थानीय बासिन्दाहरूले लामो समयदेखि यो समस्या समाधानका लागि महानगरपालिकालाई आग्रह गर्दै आएका छन्। तर प्रभावकारी कदम नचालिएकाले अन्ततः युवाहरूले कानुनी बाटो रोजेका भनि निवेदकहरुले यस लक्की खबर.कमलाई बताएका हुन्।

शहरका बासिन्दा मनोज यादवले भने, “सडकमा जहाँतहीँ गाडी पार्किङ हुन्छ, पैदल हिँड्ने ठाउँ छैन। ट्राफिक नियम लागू गर्नका लागि कडा कदम चाहिन्छ।”भनि

अब अदालतले यो विषयमा कस्तो आदेश जारी गर्छ भन्नेमा बिरगंजवासीको ध्यान केन्द्रित भएको छ।

 

 

 

 

 

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर