Lucky-Khabar_

पेस्तोलको हल्ला झूटो, ‘टिओबी’ सदस्य तेन्जेन अभद्र व्यवहारको आरोपमा पक्राउ

२७ असोज, काठमाडौं। काठमाडौंको बिजुलीबजार पुलमा कम्मरमा पेस्तोल बोकेको भाइरल भिडियो हालको जेन–जी आन्दोलनको समयको नभई झूटो भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भएको छ।

content ad p2

प्रहरीले ‘टिओबी’ समूहका ३० वर्षीय सदस्य तेन्जेन दावालाई पक्राउ गरी अनुसन्धान गर्दा उनको साथबाट एक थान नक्कली पेस्तोल बरामद गरिएको जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धान अनुसार उक्त भिडियो करिब एक वर्ष पुरानो रहेको पाइएको हो।

सो भिडियोमा ‘टिओबी’ लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर देखिएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको थियो। तर, प्रहरीले पुष्टि गरेको छ—तेन्जेनले सामाजिक सञ्जालमा ध्यान खिच्ने उद्देश्यले नक्कली पेस्तोल प्रदर्शन गर्दै भिडियो बनाएका हुन्।

तेन्जेनले भिडियो आफूले ‘एडी’ नामक टिकटक खाताबाट अपलोड गरेको र पछि साथीको आग्रहमा हटाएको स्वीकार गरेका छन्। प्रहरीले उनको तिब्बतीयन मूलसँग सम्बन्ध रहेको पुष्टि गरे पनि उनलाई “फ्रि तिब्बत” समूहको एजेन्ट नभई केवल समर्थक मात्र भएको बताएको छ।

ट्याटु आर्टिस्टका रूपमा काम गर्ने तेन्जेन बाइक राइडरहरूको समूहमा पनि सक्रिय छन्। उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्—जेन–जी आन्दोलनका क्रममा “बाइक पड्काएर र भाइरल हुने” उद्देश्यले सहभागी भएको।

अनुसन्धानमा तेन्जेनको मोबाइलमा कुनै आपराधिक गतिविधिको प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ। यद्यपि, नक्कली पेस्तोल देखाएर समाजमा त्रास फैलाउने कार्यमा संलग्न रहेको ठहर गर्दै उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर