Lucky-Khabar_

हमासको नियन्त्रणमा रहेका जीवित बन्धकहरू सबै रिहा, शव हस्तान्तरण गर्न केही समय लाग्ने

काठमाडौं | हमासले जीवित इजरायली सबै बन्धकहरूलाई रिहा गरेको बताएको छ। मृतक बन्धकहरूको शव भने पछि हस्तान्तरण गरिने जनाइएको छ। हमासको नियन्त्रणमा २८ जनाको शव रहेको जनाइएको छ।

content ad p2

हमासले इजरायली मिडियाका अनुसार १३ इजरायली बन्धकहरूको दोस्रो समूहलाई दक्षिणी गाजामा रेडक्रसलाई हस्तान्तरण गरेको छ |रेडक्रसका अधिकारीहरू बन्धकहरूलाई लिएर इजरायल पुगेका छन्। इजरायली सेनाले हमासद्वारा मुक्त गरिएका इजरायली बन्धकहरूको दोस्रो समूह आइपुगेको बताएको छ।

यसअघि, हमासले सोमबार बिहान सात इजरायली बन्धकहरूको पहिलो समूहलाई रिहा गरेको थियो। इजरायली सेनाले केही बन्धकहरूको पहिलो तस्बिर पनि जारी गरेको थियो।

इजरायलले अब प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। इजरायली बन्धकहरूको बदलामा, इजरायलले २५० प्यालेस्टिनी कैदीहरू र १ हजार ७०० भन्दा बढी गाजा कैदीहरूलाई रिहा गर्नेछ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर