Lucky-Khabar_

युवा संघद्वारा जिल्ला प्रहरी कार्यालय पर्सामा बालेन र सुदनविरुद्ध पनि उजुरी

वीरगंज । काठमाडौं महानगरका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार औपचारिक उजुरी दर्ता गराएकाे छ ।

content ad p2

माेटरसाइकल र्‍याली सहित जिल्ला प्रहरी कार्याल पुगेका एमालेका नेता तथा युवा संघका कार्यकर्ताहरुले उक्त उजुरी पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकलाई बुझाइएका हुन् । युवा संघ पर्साका अध्यक्ष सुवास साहका अनुसार केन्द्रीय सर्कुलरअनुसार मधेश प्रदेशका सबै आठ जिल्लामा एकैदिन उजुरी दर्ता गरिएको हो ।

अध्यक्ष साहले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी र क्षतिको घटनामा बालेन र सुदनको संलग्नता रहेको दाबी गर्दै उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न माग गरिएको बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, मधेश प्रदेशका उपाध्यक्ष एवं वीरगंज महानगर ईन्चार्ज बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, नेता जालिम मियाँ, युवा संघका केन्द्रीय सदस्य रवि गुप्ता, पर्सा सचिव राकेश महतो, युवा नेता सुजित गिरी लगायतकाे उपस्थिति रहेकाे थियो।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर