Lucky-Khabar_

बीरगंजमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमद्वारा बृहत सरसफाई कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
बीरगंज।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आज मकालु होटल नजिक अवस्थित शिवभगवानको मन्दिर तथा आलखिया मठ परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

सो कार्यक्रममा मन्दिरको भित्री र बाहिरी परिसरमा सफाइ कार्य भएको छ। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका वरिष्ठ सई सुरेन्द्र बहादुर टेरको नेतृत्वमा गएका प्रहरी जवानहरु,स्थानीय बासिन्दा, व्यवसायी र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका आजीवन सदस्य एवं पदाधिकारीहरु एवं नेपाल ईनोभेटिभ सोसाइटी बिरगंजका अध्यक्ष कमल चौगाई,महानगरपालिकाको सरसफाईका प्रमुख सर्फुदिन मिया लगाएत कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो।

सामुदायिक प्रहरीका प्रतिनिधिहरूले पनि सहभागी जनाउँदै “सफासुग्घर समाज हाम्रो पहिचान” भन्ने नारासहित स्थानीयलाई वातावरणीय सरसफाईमा सक्रिय सहभागिताको आग्रह गरेका थिए।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर