Lucky-Khabar_

दल खोल्नै पर्ने अवस्था आयो तर तत्कालकै अवस्थामा निर्वाचनमा जाँदैनौँ मिरज ढुंगानाको भनाई

काठमाडौं|शुक्रवार दिउँसो जेनजी युवा मिरजनयाँ दलको घोषणा गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सार्वजनिक गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

content ad p2

ढुंगानाले जेनजी आन्दोलनले नेपालमा एउटा नयाँ अवसर ल्याएको बताएका छन् । उक्त आन्दोलन जेन्जीबाट भएपनि त्यस क्रान्ति ल्याउनमा सबै नेपालीहरूको सहभागिता रहेको उनले बताए ।त्यसपश्चात उनले राजनीतिक दल खोल्नै पर्ने अवस्था आएको भन्दै तत्कालकै अवस्थामा निर्वाचनमा नजाने जानकारी पनि दिए ।

‘अब हामीले पोलिटिकल पार्टी खोल्नै पर्ने अवस्था देखेका छौँ । तर पोलिटिकल पार्टी खोल्नुको अर्थ यो होइन की हामी देशको अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौँ ’उनले भने। ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक स्तरको संस्था नबनेसम्म निर्वाचनमा नजाने बताए ।

तयस्तै उनले आमूल परिवर्तन ल्याउन शान्तिपूर्ण रुपमा डटेर लाग्ने भन्दै हाललाई पार्टी गठन वार्ता समिति तयार गरेका जानकारी दिए ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर