काठमाडौ|नेपाली सेनाले कुनैपनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार छौँ बताएका छन् | भदौ २३ र २४ गते देशभरका ४८४ स्थानमा जेन–जी पुस्ताको आन्दोलन भएको नेपाली सेनाले जनाएको छ। आन्दोलनमा २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र अन्य ४१ गरी ७६ जनाको मृत्यु भएको बताइएको छ। सेनाका अनुसार ६८८ सरकारी कार्यालय, २५९ निजी घर, १२८ व्यवसायिक प्रतिष्ठान, १९८ पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ।

१५ हजार ५८८ कैदीबन्दी फरारमध्ये ८ हजार ७९९ फिर्ता भएका छन्। लुटिएका ९७८ हतियारमध्ये ५८६ फिर्ता ल्याइएका छन्। सेनाले विदेशी घुसपैठको सम्भावनाबारे अध्ययन भइरहेको र शान्ति–सुरक्षाका लागि सबैको साझा प्रयास आवश्यक रहेको जनाएको छ।

नेपाली सेनाले आन्दोलनमा विदेशी घुसपैठको सम्भावनाबारे अध्ययनरत रहेको पत्रकार सम्मेलनमा बताएको छ । नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख अनुपजंग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गरी समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी रहेको बताए । त्यसका लागि नेपाली सेनाले आफ्नो श्रोत, साधन र पेसागत क्षमता अभिवृद्धि गर्दै कुनैपनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महसुस गरेको बताए ।


