Lucky-Khabar_

बाराको बिश्रामपुर गाउँपालिकामा आजपाको ८५ सदस्यीय गाउँ कमिटी गठन

वीरगंज ।आम जनता पार्टी (आजपा) बाराको बिश्रामपुर गाउँपालिका कमिटी गठन गरिएको छ । पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार लक्षमन बिनकाे अध्यक्षतामा ८५ सदस्यीय गाउँपालिका कमिटी गठन भएकाे हाे ।

content ad p2

पार्टीका बारा जिल्ला कमिटी अध्यक्ष राजकिशोर साहद्वारा जारी विज्ञप्तिमा रबि साहलाई इन्चार्ज र रमेश कुशवाहालाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ। गाउँ कमिटीकाे उपाध्यक्षमा धर्मेन्द्र पटेल, नागेन्द्र पाल, राजा हुसेन शेख, गिरधारी कुशवाहा, उपेन्द्र कुशवाहा, शिवपुजन शराफ र बिनोद कुशवाहा चयन भएका छन्।

साथै, नवगठित समितिकाे सचिवमा सोनालाल चौरसिया, सह सचिवमा निराजन साह, नबिन कुशवाहा र पपु यादव, काेषाध्यक्षमा मुनि कुमारी कुशवाहा र सदस्यहरुमा कमलेस यादव, राजकुमार कुशवाहा, बिदयलाल कुशवाहा, शम्भु कुशवाहा लगायतका रहेका छन्।

नवनियुक्त सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहालेशुभकामना दिएका छन् ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर