काठमाडौं|राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रतिनिधि सभा सदस्य निर्वाचन वाचापत्र तयारी समितिको सदस्यमा डा नन्दन यादव मनोनित भएको छ|

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरि उप सभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरिएको वाचापत्र तयारी समितिको सदस्यमा पार्टीको केन्द्रिय सदस्य बौद्धिक व्यक्तित्व डा. नन्दन यादव मनोनित भएका छन ।

डा.यादव बिगत समयदेखि रास्वपाको केन्द्रीय सदश्य भई पार्टी तथा जनता र देशको निमित राम्रो कार्य गर्दै आईरहेको छ |त्यस्तै,यस बिषयमा डा. यादव आफुले पार्टीबाट पाएको जिम्मेवारी अझ ईमान्दारीका साथ पार्टी तथा देशको लागि राम्रो कार्य गर्नेछु भनि बताए |


