राम आर्य
वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुभ दिपावलिको अवसरमा शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ९ सय थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताएका छन ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि तथा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताको बिशिस्ट आतिथ्यमा सप्पन्न सो कार्यक्रममा अतिथिहरु समाजसेवी हुकुम सिंह ,नरेन्द्र पटेल,संस्थाका सल्लाहकार श्रवण बहादुर रायमाझी , उपाध्यक्ष मोनिका सिंह ,सदस्यहरु निला कुमारी राम,जानकी देवि,सन्जय मण्डल ,नवराज भट्टराई ,केदार गुप्ता, मनोज यादव,सन्चारकर्मीहरु नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, राज सराफ ,रामजी यादव,निरन्जन साह,विशाल यादव,धर्मेन्द्र साह,पवन प्रसाद साह ,सिके प्रजापती ,अर्जुन चौधरी लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सामाग्री सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ । हामी सम्पुर्णले दिन दुखी असहायको सेवा सहयोगमा आफ्नो आम्दानिको ५ देखि १० प्रतिशत रकम खर्चिनु पर्ने बानी बसाली मानवता बलियो बनाउन आग्रह गर्दै शुभ दिपावली एवं छठ पर्वको बधाई शुभकामना व्यक्त गर्नु भयो ।

सोही अवसरमा विशिष्ट अतिथी गुप्ताले हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने भन्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिनदुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै बैंकको नेक कार्यमा आफ्नो सक्दो सहयोग गर्न आग्रहको साथ पर्वको बधाई शुभकामना ब्यक्त गर्नु भयो ।
अध्यक्ष सिंहले बैंकको सुकार्य अभियानमा सहयोग गरि मानवता बलियो बनाउने सम्पुर्ण मानवताप्रेमी दाता, सुभेच्छुक , सल्लाहकार , पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गरेका थिए ।


