Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टीमा सुवर्ण गाउँपालिकामा ५० भन्दा बढी युवाको प्रवेश

विवेक पटेल
बिरगंज |बाराको सुवर्ण गाउँपालिका (वडा नं. ८) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बाराको आयोजनामा सुवर्ण गाउँपालिकाको भिस्वा चौकमा शुक्रबार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला सभापति चन्दन कुमार स्वर्णकार र प्रदेश सदस्य भुलेन्द्र प्रसाद कुशवाहाको नेतृत्वमा ५० जना भन्दा बढी स्थानीय युवाले पार्टी प्रवेश गरेका हुन्।

content ad p2

स्थानिय युवा नेता अनिल साहको अगुवाइमा पार्टी प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्दै जिल्ला सभापति स्वर्णकारले सीमा क्षेत्रका बस्तीहरूमा भेटघाट तथा सदस्यता विस्तार अभियान तीव्र रूपमा चलाइरहेको बताए। उनका अनुसार स्थानीय युवाहरूको माग अनुसार भिस्वा क्षेत्रमा पनि कार्यक्रम राखिएको र त्यसले पार्टीप्रतिको जनविश्वास बढाएको छ।

कार्यक्रममा बोल्दै स्वर्णकारले बाराको प्रमुख नाका कवहीगोठ–छौडादानो जोड्ने सन्तगञ्ज भन्सार कार्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए। उनले पुराना दलहरूको असफलताका कारण जनतामा निराशा बढेको उल्लेख गर्दै “अब पुराना दलहरूको बिदाई र परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नै विकल्प हो” भन्ने धारणा राखे।

त्यस क्रममा उनले केही समयअघि भारतबाट केटी ल्याएर गाउँपालिका भवनभित्र पुराना दलका विद्यार्थी संगठनका युवाले रातभर नाचगान गरेको घटनाप्रति कडा आपत्ति जनाए। उनले सुवर्ण गाउँपालिकामा जेनेरेसन जेड (Gen Z) आन्दोलनपछि पनि पुराना दलहरूले नक्कली जेन्जी नाममा आफ्ना भातृसंघटनमार्फत जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको आरोप लगाए।

स्वर्णकारले हालैको गाउँपालिका विवादमा पनि पुराना दलहरूको नैतिक चरित्र उजागर भएको दाबी गर्दै स्थानीय युवालाई राजनीतिक शुद्धता र परिवर्तनको अभियानमा सहभागी हुन आह्वान गरे।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर