Lucky-Khabar_

रेशम चौधरीले दर्ता गरे नयाँ दल, चुनाव चिह्न ‘जाँतो’ प्रस्ताव

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो असन्तुष्टि औपचारिक रूपमा सार्वजनिक गर्दै नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठनका लागि निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्।

content ad p2

चौधरीले नयाँ पार्टीको चुनाव चिन्ह ‘जाँतो’ प्रस्ताव गरेको जानकारी दिएका छन्। यसअघि उनी संरक्षक रहेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) को चिन्ह ‘ढकिया’ रहेको थियो।

पार्टी विभाजनको पृष्ठभूमि

रेशम चौधरीले भदौ २९ गते नयाँ पार्टी गठन गर्ने घोषणा गरेका थिए। त्यसअघि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै रेशम असन्तुष्ट बनेका थिए।

यो विवाद पछि चौधरीले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढाएसँगै नाउपा दुई भागमा विभाजन हुने संकेत स्पष्ट भएको छ।

नयाँ दल दर्ता भएपछि रेशम चौधरीको नेतृत्वमा पुनः थरुहट/थारू समुदाय केन्द्रित राजनीतिक सक्रियता बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर