Lucky-Khabar_

मोदीको नजरमा बिहारको जंगलराजका यी ५ पहिचान,विपक्षी गठबन्धनमा तीव्र प्रहार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहारको मुज्जफ्फरपुरमा आयोजित चुनावी र्‍यालीमा विपक्षी दलहरूलाई लक्षित गर्दै तीखो टिप्पणी गरेका छन्। उनले राष्ट्रिय जनता दल (राजद) र कांग्रेसमाथि प्रहार गर्दै भने, यी पार्टीहरूले बिहारको ‘जंगलराज’ का पाँच पहिचान—कट्टा, क्रुरता, कटुता, कुशासन र भ्रष्टाचार—को प्रतिनिधित्व गर्ने बताएका छन्।

content ad p2

मोदीले छठ पूजाको अवसरमा विपक्षी नेताहरूले आयोजित कार्यक्रमलाई ‘नाटक’ भनेको भन्दै बिहारको आस्थाको अपमान गरेको आरोप पनि लगाएका छन्। उनले भने, “हेर्नुहोस् भोटका लागि यिनीहरु कतिसम्म गिर्न सक्छन्। यो यस्तो अपमान हो जुन बिहारले शताब्दीऔंसम्म भुल्न सक्दैन।”

प्रधानमन्त्री मोदीले राजद र कांग्रेसको गठबन्धन अप्राकृतिक रहेको उल्लेख गर्दै यसलाई ‘तेल र पानी’ जस्तै भन्दै बिहारलाई पुनः लुट्नका लागि बनाइएको आरोप लगाए। एनडीएले सांस्कृतिक संरक्षण र विकासका लागि काम गर्दै आएको र विपक्षी दल हिंसा तथा भ्रष्टाचारका लागि चिनिने बताए।

मोदीले राजदको शासनकालमा ३५ हजारदेखि ४० हजार अपहरणको घटना भएको र गुण्डाले गाडीका शोरुम लुटेको उल्लेख गर्दै चुनावी गीतमा पनि कट्टा र बन्दुकको कुरा आइरहेको दाबी गरे।

बिहार विधान सभा चुनाव २०२५ आगामी अक्टोबर–नोभेम्बरमा २४३ निर्वाचन क्षेत्रमा सञ्चालन हुँदैछ। वर्तमानमा एनडीएका घटकहरूमा भारतीय जनता पार्टी ७८, जनता दल (यु) ४५ र अन्य ९ विधायक छन्, जसको कुल संख्या १३२ पुगेको छ। विपक्षी गठबन्धनमा राजद ७५, कांग्रेस १९, सीपीआई (एमएल) १२, सीपीआई र सीपीआई (एम) २ तथा एआईएमआईएम १ विधायक रहेका छन्।

मुख्यमन्त्री नितीश कुमार नेतृत्वको एनडीए गठबन्धन पुनः सत्ता कायम राख्न दाउमा छन् भने तेजस्वी यादव नेतृत्वको राजदले कांग्रेस र अन्य वामपन्थी दलसँग मिलेर चुनौती दिंदैछ। राजनीतिक नवआगन्तुक प्रशान्त किशोरको जनसुराज पार्टी पनि २४३ सिटका लागि चुनावी प्रतिस्पर्धामा रहेको छ।एजेन्सी

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर