Lucky-Khabar_

चितवनको टिकौली जंगलमा दुई रात्रि बस दुर्घटना हुदा ३३ जना घाईते

चितवन|चितवनको टिकौली जंगलमा दुई रात्रि बस दुर्घटना हुदा ३३ जना घाईते भएको छ |आज गएराती करिब पौने २ बजे राती भएको सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन् ।

content ad p2

भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा ईट्टा लोड ना ६ ख ८१३ ट्रक(टेलर) पार्कीङ्ग गरि राखेको थियो |सोहि ट्रकमा गौर बाट काठमाण्डौतर्फ आउंदै गरेको बा. प्र.०३०० ख ०१२३ नंम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र उक्त बसमा जनकपुरबाट काठमाण्डौ तर्फ आउंदै गरेको बा .प्र.०३०० ख ३९०२ नंम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको हो ।

त्यस्तै उक्त दुवै बस दुर्घटना हुदा ३३ जना घाईते भएको छ |घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।दुर्घटनामा दुई बसका चालकसहित ३३ जना घाइते भरतपुरको नयाँ नयाँ मेडिकल कलेजमा उपचार भैइरहेको र सबैको अवस्था मध्यम रहेको बुझिएको छ ।
घाइतेहरुको नामावली यस प्रकार छन
१. उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री (२०), मध्यम
२. धनुषा जनकपुर–१७ का सदाकत मियाँ (३९), मध्यम
३. धनुषा जनकपुर–१७ का नरेन्द्र शाह (५२), सामान्य
४. रौतहट गौर–५ का मुकेश कुमार केसरी (४१), मध्यम
५. धनुषा जनकपुर–७ का समिर अन्सारी (१७), सामान्य
६. महोत्तरी पिपरा–१ की गीता देवी यादव (५०), सामान्य
७. रौतहट राजदेवी–१ का कृष्ण कुमार साह, मध्यम
८. धनुषा जनकपुर–१ का बसन्त झा (४६), सामान्य
९. धनुषा जनकपुर–४ का मुकेश लाल कर्ण (४९), सामान्य
१०. धनुषा जनकपुर–४ की अन्जु कर्ण (३४), सामान्य
११. धनुषा जनकपुर–४ का आरुष कर्ण, सामान्य
१२. महोत्तरी पिपरा–१ का राम क्षेत्री (३७), सामान्य
१३. रौतहट राजदेवी–१ का अनिकेत कुमार साह (२०), मध्यम
१४. रौतहट बृन्दावन–३ का आरभ मिश्र (११), मध्यम
१५. धनुषा लक्ष्मीनिया–४ की विधा चौधरी (१९), मध्यम


नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरू
१. धनुषा जलेश्वर–५ का आदित्य कुमार सिंह (२०), सामान्य
२. धनुषा जलेश्वर–५ की रेखा सिंह (४३), सामान्य
३. धनुषा जलेश्वर–५ की अञ्जली सिंह (२१), सामान्य
४. भारत मोतिहारीका सुनिल प्रसाद (३२), सामान्य
५. भारत मोतिहारीकी सुभद्रा कुमारी चौधरी (२५), सामान्य
६. भारत मोतिहारीकी प्रिया जैशवाल (७), सामान्य
७. भारत मोतिहारीकी कृती जैशवाल (४), सामान्य
८. धनुषा जनकपुर–८ का आलोक कुमार राउत (२८), सामान्य
९. रौतहट राजदेवी–२ का मोनु कुमार महतो (२१), सामान्य
१०. रौतहट गौर–९ की गम्भिरादेवी ठाकुर (६६), सामान्य
११. रौतहट गरुडा–७ का विजय साह (५०), सामान्य
१२. रौतहट गरुडा–७ की उर्मिला कुमारी साह (४०), सामान्य
१३. रौतहट बृन्दावन–३ की सुनिता देवी मिश्र (६२), मध्यम
भरतपुर अस्पतालमा उपचाररत घाइतेहरू
१. रौतहट दुर्गावती–२ का राजकिशोर दास (३०), सामान्य
२. रौतहट दुर्गावती–२ का राजु दास (२५), सामान्य
३. भारत मोतिहारीका महमद साहेब (२२), सामान्य
४. रौतहट माधवनारायण–५ का रोशी कुमार साह (१९), सामान्य
५. धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी (१९), मध्यम

बस दुर्घटना पछि सडकमा पल्टिए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आंपटारी चितवन बाट गएको सुरक्षाफौजले घाइते हरुको तत्काल उद्दार गरि चितवनका विभिन्न अस्पताल पुर्याएको छ ।

सम्बन्धित खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर