Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वैकल्पिक शक्ति र जेनजी जोड्ने कसरत

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वैकल्पिक शक्ति र जेनजी जोड्ने कसरत गरेको छ | रास्वपाले नयाँ र वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्ने उद्देश्यसहित फरकफरक दल र जेनजीहरूलाई एउटै मञ्चमा उभ्याएको छ ।

content ad p2

गत चुनावमा नयाँ दल बनेर भाग लिएका, त्यसयता गठन भएका, निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गरेका, जेनजी लगायतलाई भेला गरेर शुक्रबार काठमाडौंमा रास्वपाले विमर्श गरेको हो ।विभिन्न दलमा आवद्ध र स्वतन्त्र व्यक्तिहरू सहभागी संवादमा नयाँ शक्तिहरू एकत्रित हुनुपर्ने विचार व्यक्त भए ।

वृहत् राजनीतिक संवादअन्तर्गत ‘जेनजी आन्दोलनका उपलब्धि अगाडिको बाटो र निकास’ विषयक अन्तर्क्रियामा कार्यक्रमका संयोजक डा. वाग्लेले जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्ने विचार राखे । ‘पछिल्लो आन्दोलनलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । पहिले प्राप्त भएका उपलब्धिलाई पनि जोगाउनु छ । कहिलेकाहीँ आँधिबेहरीमा पुराना उपलब्धिलाई बढार्ने काम हुनसक्छ वाग्लेले भने |

नेपाल समाजवादी पार्टीको मूल नेतृत्व छोडेका नेता डा. बाबुराम भट्टराईले वैकल्पिक सबै शक्तिहरू एकत्रित हुनुपर्ने विचार राखे । रास्वपालाई एक्लै नहिँड्न उनको सुझाव थियो ।

‘अलगअलग दल भएर चुनावमा जान पनि सकिन्छ । रास्वपालाई एक्लै चुनावमा जान सकिन्छ भन्ने पनि छ, ‘कांग्रेस र एमालेको जरा तलसम्म छ । त्यसैले नयाँ र वैकल्पिक शक्ति नमिल्ने हो भने उनीहरूलाई परास्त गर्न गाह्रो पर्न सक्छ ।’ भट्टराईले रास्वपालाई सुझाव दिए |

सम्बन्धित खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर