काठमाडौं । धरान उपमहानगरपालिकाका सुनसरीको मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ ले निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त गरेको छ ।

निर्वाचन आयोगमा पुगेर मेयर साम्पाङ स्वयं आज पार्टी दर्ताको मान्यताको प्रमाणपत्र लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा नयाँ दलहरू दर्ता प्रक्रियामा रहेको बेला साम्पाङको पार्टीले पनि वैधानिकता पाएको हो ।

यससँ गै अब श्रम संस्कृति पार्टीले राष्ट्रिय राजनीतिमा औपचारिक उपस्थिति जनाउने बाटो खुलेको छ ।



