जनकपुरधाम । यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका धनुषामा तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजार पूर्वपश्चिम राजमार्ग अन्तर्गतमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।
मृत्यु भएको सबै एउटै परिवारका सदस्य रहेको र घटनास्थलमै प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् ।
जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेकोघाईतेहरूको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।


