काठमाडौं | सिंहदरबारमा मन्त्रिपरिषदको आकस्मिक बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उच्च अधिकारीका अनुसार बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने तयारी गरेको छ।

गृह मन्त्रालयले छानबिन गरी ४५ जनालाई सहिद घोषणा गर्न सिफारिस गरिसकेको छ। सो आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। तर, कतिपयको शव अझै सनाखत हुन सकेको छैन।

यसअघि नै सरकारले सहिद घोषणा गर्ने नीतिगत निर्णय गरे पनि औपचारिक रूपमा निर्णय गरेर राजपत्रमा प्रकाशित गर्न लागिएको हो।



