Lucky-Khabar_

१० कम्युनिस्ट दल एकतामा, ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन, विरासत र सम्पत्ति नयाँ पार्टीको

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बुधबार सम्पन्न १० वटा कम्युनिस्ट दलहरूको संयुक्त राष्ट्रिय सम्मेलनले ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरी नौ बुँदे एकता प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

नेता वर्षमान पुनले प्रस्तुत गरेको प्रस्तावअनुसार सबै दल अब औपचारिक रूपमा नयाँ पार्टीका सदस्य बनेका छन्। पार्टीको चिन्ह पाँच कुने तारा रहनेछ भने अन्तरिम विधान–२०८२ र घोषणापत्र पनि अनुमोदन गरिएको छ।

संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल रहने निर्णय गरिएको छ। यसैगरी, माओवादी केन्द्र, एकीकृत समाजवादी र समाजवादी पार्टीका जनप्रतिनिधिहरू अब नयाँ पार्टीका जनप्रतिनिधि हुनेछन्। सबै दलको सम्पत्ति र दायित्व पनि नेपाली कम्युनिस्ट पार्टीकै नाममा रहनेछ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर