Lucky-Khabar_

बिरगंज–२७ मा रास्वपाको ऐतिहासिक वडा भेला सम्पन्न, मधेशमा प्रवेशको लहर तीव्र

विवेक पटेल
बिरगंज, बिरगंज महानगरपालिका–२७ जसौलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा भेला भव्य रूपमा सम्पन्न भएको छ । मधेशमा पनि रास्वपाप्रतिको आकर्षण र प्रवेशको लहर तीव्र बन्दै गएको बेला यो भेला ऐतिहासिक रूपमा सम्पन्न भएको बताइएको छ।

content ad p2

कार्यक्रम रास्वपा क्षेत्रीय सभापति (पर्सा–२) फैयाज मियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि पार्टीका सांसद प्रत्यासी दिपराज पटेल रहेका थिए।
कार्यक्रममा रास्वपा जिल्ला सचिव सुदिप प्रजापति, क्षेत्रीय सभापति (पर्सा–१) राम आर्य, बहुदरमाई नगरपालिकाका सभापति चन्दन यादव, साथै पार्टीका अन्य नयाँ सदस्य र स्थानीय नेताहरूको विशेष उपस्थिति रहेको थियो।

वडा भेलामा चुनियाका ११ सदस्यीय पदाधिकारी समिति घोषणा गरिएको छ। कार्यक्रममा वक्ताहरूले पार्टीको नीतिगत दिशा, पारदर्शिता, सुशासन र भ्रस्टाचारविरुद्धको अभियानबारे आफ्ना धारणा राखेका थिए।

मन्तव्यको क्रममा क्षेत्रीय सभापति राम आर्यले रास्वपालाई “महाभारतका पाण्डवझैं सत्य र भ्रष्टाचारविरोधी शक्तिका रूपमा” उल्लेख गर्दै भने,“रास्वपा मात्रै एउटा यस्तो पार्टी हो जुन देशको हितका लागि सत्य, निष्ठा र पारदर्शिताको बाटोमा अडिग छ। बाँकी दलहरू बहुमतका कौरवझैं असत्य र भ्रष्टाचारमा लिप्त छन्।”भनी उनले बताए |

भेलाले मधेश प्रदेशभर रास्वपाको संगठन विस्तार र जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर