जनकपुरधाम ।प्रदेश सभामा प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपसहित सात दलले प्रस्ताव दर्ता गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलका नेता भरत साहका अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपालसहितका दलका ७४ जना सांसदको हस्ताक्षरसहित उक्त प्रस्ताव दर्ता गरिएको हो।

त्यस्तै प्रस्तावमा उल्लेख गरिएको छ कि सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली, २०७५ को परिच्छेद २१ र नियम १८० बमोजिम पदीय र आचारणगत दायित्व पूरा नगरेकाले उनलाई पदमुक्त गर्न माग गरिएको हो।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने क्रममा सभामुख मण्डलले नेकपा (माओवादी केन्द्र) का दुई सांसद, रहबर अन्सारी र अर्कोलाई बोल्ने अनुमति दिएर सदनको वातावरण बिगारेका सात दलले आरोप लगाएका छन् । त्यसपछि सभामुख एकपक्षीय ढंगले अघि बढेको आरोप पनि लगाइएको छ।

मधेस प्रदेशको राजनीतिक प्रस्ताव दर्तापछि तापक्रम अझ चर्किने देखिएको छ।


