वीरगंज।भास्कर हर्बास्यूटिकल्स प्रा.लि. ने वीरगंज महानगरपालिकालाई पाँच वटा ल्यापटप सहयोग प्रदान गरेको छ।

‘जेनजी’ आन्दोलनका क्रममा गत भाद्र २३ र २४ गते भएको तोडफोड, लुटपाट र आगजनीमा महानगरको भवन र कार्यालय सामग्रीहरू नष्ट भएपछि कार्यालय सञ्चालनमा कठिनाइ आइरहेको थियो। यस अवस्थालाई दृष्टिगत गर्दै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पाँच ल्यापटप सहयोगका रूपमा उपलब्ध गराएको हो।

वीरगंज महानगरपालिकामा आयोजित कार्यक्रममा उद्योगपति प्रकाश खण्डेलवाल र शम्भु अग्रवालले ती ल्यापटपहरू महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरे। “वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो। त्यस समुदायको पुनर्निर्माणमा योगदान दिनु हाम्रो कर्तव्य हो।”अग्रवालले भने |

महानगर प्रमुख सिंहले भास्कर हर्बास्यूटिकल्सप्रति आभार व्यक्त गर्दै भने, “भौतिक संरचना र उपकरण नष्ट हुँदा सेवामा अवरोध आएको थियो। यस्ता सहयोगले पुनःस्थापनामा ठूलो मद्दत पुगेको छ।”
महानगरका अनुसार यस्ता साझेदारी र सहयोगमार्फत स्थानीय सेवा पुनःस्थापना र डिजिटल प्रशासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।


