Lucky-Khabar_

सन्तोष परियारले राजीनामा दिँदै भने- फरक खालको राजनीतिक अभियानमा सक्रिय हुन्छु

काठमाडौं | रास्वपाका नेता सन्तोष परियारले राजीनामा दिँदै भने फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने भन्दै पार्टी परित्याग गरेका छन्। उनले कार्यवाहक सभापति र महाचिवलाई इमेलमार्फत राजीनामा पठाएर आजकै मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको उल्लेख गरेका छन्।

content ad p2

जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु,’ राजीनामा पत्रमा भनिएको छ।


नेता परियारले निरन्तर पार्टीमा विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको उल्लेख गरेका छन्। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेको उनले दुःख व्यक्तसमेत गरेका छन्।

‘भदौ २३ र २४ गते नेपालको राजनीतिक आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ। जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाइ हो। यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा अवस्था आएको छ,’ उनले भनेका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर