Lucky-Khabar_

नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल कर्मचारी प्रिमियर लिग २०८२ सम्पन्न

अभिलाष गुप्ता
वीरगञ्ज |कर्मचारी प्रिमियर लिग (KPL) २०८२ अन्तर्गत आज भएको रोमाञ्चक खेलमा नारायणी अस्पताल र ठोरी गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदा खेल रोमाञ्चक र आकर्षक दुवै रहेको थियो। उत्कृष्ट प्रदर्शनसहित आजको खेल सम्पन्न हुँदा मैदानमा उपस्थित दर्शकहरूको उत्साह उत्तिकै उच्च देखिएको थियो।

content ad p2

आजको खेलमा युवा नेता सुधिर पटेल प्रमुख अतिथिका रूपमा उपस्थित रहे। प्रमुख अतिथि पटेललाई आयोजन समितिले विशेष निमन्त्रणा दिएको थियो। कार्यक्रममा बोल्दै उनले खेलले कर्मचारीहरूबीच सद्भाव, अनुशासन र सहकार्य भावना अझ मजबुत बनाउने उल्लेख गर्दै प्रतियोगिता सफलतापूर्वक अघि बढिरहेकोमा खुशी व्यक्त गरे।

आजको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको टिमलाई प्रमुख अतिथि पटेलले हार्दिक बधाई दिए।
त्यस्तै, उपविजेता बनेको टोलीलाई आगामी खेलहरूमा अझ राम्रो प्रदर्शन गर्ने मनोबल र प्रेरणा प्रदान गर्दै उनले निरन्तर मेहनत र खेल spirit नै सफलता प्राप्त गर्ने मुख्य आधार रहेको टिप्पणी गरे।कर्मचारी प्रिमियर लिगलाई सफल, व्यवस्थित र आकर्षक बनाउँदै ल्याएकोमा आयोजन समिति प्रति विशेष धन्यवाद व्यक्त गरे। खेलकुदमार्फत कर्मचारी स्तरमा मित्रता, स्वस्थ प्रतिस्पर्धा र तनाव न्यूनिकरणमा उल्लेखनीय योगदान पुग्ने उनको धारणा थियो।


खेल हेर्न आएका स्थानीय, कर्मचारी तथा खेलप्रेमीहरूको उपस्थिति उल्लेखनीय थियो। खेलभरि दुवै टोलीले देखाएको खेलकौशल, रणनीति र अनुशासनले प्रतियोगिताको स्तर झनै उच्च बनाएको आयोजक समितिले जनाएको छ।

आगामी दिनमा हुने खेलहरूलाई अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने तयारी भइरहेको र कर्मचारी प्रिमियर लिग २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य रहेको पनि आयोजकले जानकारी गराएको छ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर