राम आर्य
बिरगंज, पर्सागढी नगरपालिका-५ पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हिजो शनिवार वडा भेला भव्य रूपमा सम्पन्न भएको छ । मधेशमा पनि रास्वपाप्रतिको आकर्षण र प्रवेशको लहर तीव्र बन्दै गएको बेला यो भेला ऐतिहासिक रूपमा सम्पन्न भएको बताइएको छ।

उक्त कार्यक्रम रास्वपा क्षेत्रीय सभापति (पर्सा–२) फैयाज मियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।भने वडा भेलामा चुनियाका ११ सदस्यीय पदाधिकारी समिति घोषणा गरिएको छ। कार्यक्रममा वक्ताहरूले पार्टीको नीतिगत दिशा, पारदर्शिता, सुशासन र भ्रस्टाचारविरुद्धको अभियानबारे आफ्ना धारणा राखेका थिए।
मन्तव्यको क्रममा क्षेत्रीय सभापति फैयाज मियाले रास्वपाले अब देशको कुनाकुनामा आफ्नो कार्य र बिचारले नेपालि जनतालाई शान्ति र शुसासनको अनुभूति गराउछ भनि जनविश्वासमा बिश्वास भईसकेको छ भनि उनले बताए |कार्यक्रममा पार्टीका कार्यकर्ताहरु,पत्रकार तथा बिभिन्न बुधिजिविहरुको विषेस उपस्थिति रहेका थिए |

भेलाले मधेश प्रदेशभर रास्वपाको संगठन विस्तार र जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ भनि उनको भनाई थियो।


