Lucky-Khabar_

मधेसका सभामुख मण्डलद्वारा परिवारजनको व्यापक नियुक्ति : सचिवालय नै ‘घरेलु रोजगारी केन्द्र’ बनेको आरोप

वीरगञ्ज । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलमाथि पदीय शक्ति दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ। प्रदेशसभा सचिवालयलाई उनी आफ्नै परिवारजनका लागि रोजगारी वितरण गर्ने थलोमा रूपान्तरण गरेको तथ्य बाहिरिएको छ।

content ad p2

मण्डलले आफ्नी पत्नी, छोरा, दुई छोरी र ज्वाइँसहित कुल ६ जनालाई विभिन्न पदमा करारमार्फत नियुक्त गराएको स्रोतले जनाएको छ।सबैभन्दा पहिले, उनकी पत्नी मिथिला देवी मण्डललाई सचिवालयमा ‘स्विपर’ का रूपमा भर्ना गरिएको छ, जहाँबाट उनी मासिक २४ हजार ७०२ रुपैयाँ प्राप्त गर्दै आएकी छन्।

यस्तै, छोरा राहुल मण्डल ‘कम्प्युटर अपरेटर’ का रूपमा नियुक्त भएका छन्। उनको तलब ३४ हजार ७३० रुपैयाँ रहेको छ।
दुई छोरीलाई पनि सचिवालयमै रोजगारी मिलाइएको छ— जेठी छोरी काजल कुमारी मण्डल मालीको पदमा तथा कान्छी छोरी विभा कुमारी मण्डल भान्से पदमा कार्यरत देखिने गरी नियुक्त गरिएका छन्। दुवैको मासिक तलब समान २४ हजार ७०२ रुपैयाँ भए पनि उनीहरू स्थायी रूपमा काठमाडौँमा बस्ने गरेको स्रोत बताउँछ। त्यसैले उनीहरूले वास्तविक रूपमा काम बिना नै तलब लिईरहेको आशंका छ।

यसबाहेक, मण्डलका ज्वाइँ रमेश कुमार मण्डललाई प्रथम श्रेणीको पद तोकिएको छ, जसअन्तर्गत उनलाई ५६ हजार ७८७ रुपैयाँ तलब दिने व्यवस्था गरिएको छ।

यो प्रकरण सार्वजनिक भएपछि प्रदेशसभाको नैतिक मूल्य, कार्यसञ्चालनको पारदर्शिता र पदीय मर्यादामाथि गम्भीर प्रश्न उठेका छन्। जिम्मेवार पदाधिकारीकै हाथमा यस्तो दुरुपयोग भएको भन्दै विभिन्न पक्षबाट तत्काल छानबिनको माग बढ्दो छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर