Lucky-Khabar_

मधेश प्रदेशको विपक्षी ७ दलले उपसभामुखलाई प्रदेशसभा बैठक बोलाउन माग

जनकपुर | मधेश प्रदेशमा सभामुख रामचन्द्र मण्डलविरुद्ध ‘पदअनुकूल आचरण नगरेको’ भन्दै प्रस्ताव दर्ता भएपछि राजनीतिक वातावरण थप तनावग्रस्त बनेको छ। यति बेला सात दल सम्मिलित विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरूको समूहले उपसभामुख बबिता राउतसँग भेट गरी तत्काल प्रदेशसभा बैठक बोलाउन औपचारिक पहल गरेको छ।

content ad p2

विपक्षी दलको तर्फबाट माओवादी केन्द्रका संसदीय दल नेता भरत साहले ३२ जना सांसदको हस्ताक्षरसहित मंसिर ३ गते (बुधबार) बैठक आह्वान गर्न माग दर्ता गराएका छन्। साहका अनुसार कुल सदस्यको २५ प्रतिशत सांसदले माग गरेपछि उपसभामुखले बैठक बोलाउनुपर्ने स्पष्ट संवैधानिक र कानुनी प्रावधान छ। सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि छलफल अघि बढाउन बैठक अत्यावश्यक रहेको उनको तर्क छ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रसहित मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने सात दलले संयुक्त रूपमा बैठक बोलाउन दबाब दिइरहेका छन्।

यसअघि कात्तिक २२ गते तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वास मत लिन बसेको बैठक स्थगित भएसँगै प्रदेशसभा त्यसयता नबसेको हो। उता, नयाँ मुख्यमन्त्रीको नियुक्ति र सभामुख मण्डलले पाँच सांसदलाई पदमुक्त गर्ने विवादास्पद कदमपछि राजनीतिक अवस्था झन् जटिल बन्दै गएको छ।

सभामुखविरुद्ध ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको प्रस्ताव दर्ता भएपछि विपक्षी दलहरूले उपसभामुखमार्फत प्रदेशसभा तत्काल सञ्चालनमा ल्याउन दबाब अझ बढाएको छन्।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर