Lucky-Khabar_

एमालेको ‘दोहोरो चरित्र ’:एता संसद पुनर्स्थापनाको माग र उता निर्वाचनका लागि दल दर्ता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक औपचारिक प्रक्रिया पूरा गर्दै नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

content ad p2

यो गतिविधि विशेष रूपमा ध्यान खिच्ने कारण भनेको एमालेको दोहोरो कदम हो—एकातर्फ पार्टीले प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको छ, अर्कोतर्फ आसन्न निर्वाचनलाई ध्यानमा राखेर दल दर्ता प्रक्रिया अघि बढाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संसद पुनःस्थापना एमालेको मूल माग भएको भए पनि निर्वाचन आयोगमा दल दर्ता गर्नु नियमित प्रक्रिया भएकाले यो कदम उठाइएको हो।
‘संसद पुनःस्थापनाको अडान कायम राख्दै हामीले आयोगमा दल दर्ता गरेका हौँ,’ उनले स्पष्ट पारे।

यसअघि मंगलबार बसेको एमालेको विघटित संसदको संसदीय दल बैठकले सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय लिएको थियो। यसरी एकातिर कानुनी संघर्षमार्फत संसद पुनःस्थापना खोज्दै, अर्कोतिर आगामी निर्वाचनका लागि आन्तरिक तयारीलाई सक्रिय रूपमा अघि बढाएको एमालेको रणनीति प्रस्ट देखिन्छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर