Lucky-Khabar_

बाराको सिमरामा जेनजी युवाको प्रदर्शन

 

सिमरा ।बाराको  जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकमा युवा संघ र जेन–जी समूहबीच भएको झडपपछि बारा क्षेत्रको सुरक्षा वातावरण थप संवेदनशील बनेको छ। उक्त घटनामा राजनीतिक तथा समूहगत असुरक्षा बढेको जनाउँदै बिहिबार बिहान ११ बजेबाट वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकमा जेन–जी उत्रिएका छन्।

content ad p2

प्रदर्शनकारीहरूले सिमराचोकमा देखिएको भिडन्तमा संलग्न व्यक्तिमाथि तत्काल कारबाहीको माग गरेका छन्। उनीहरूको भनाइमा झडपमा घाइते हुने अवस्था सिर्जना गर्नेहरूलाई कारबाही नगरेसम्म प्रदशन जारी रहने बताएका छन् ।

  • जेन–जी र युवा संघबीचको झडपपछि किटानी जाहेरी दर्ता भई दुई वडाध्यक्ष पक्राउ गरी सकेको छ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार पक्राउ परेकामध्ये जितपुरसिमरा उपमहानगरपालिका–२ का ४० वर्षीय धन बहादुर श्रेष्ठ र जितपुरसिमरा–६ का ३४ वर्षीय कैमुदिन अंसारी रहेका छन्।

अहिलेसम्म  प्रदर्शन शान्तिपूर्ण रहे पनि माग सम्बोधन नभए दबाब बढाउँदै जाने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर