Lucky-Khabar_

प्रधानमन्त्रीबाट सुशीला कार्कीलाई हटाउन माग गर्दै जेनजीले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाए

काठमाडौँ । जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा रहेको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै उक्त सरकारलाई फिर्ता बोलाउन माग गरेका छन्।

content ad p2

बिहीबार देशभरका २३ जेनजी समूहले संयुक्तरुपमा राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारको नेतृत्व परिवर्तन आवश्यक रहेको जनाएका हुन्।

समूहले बुझाएको ज्ञापनपत्रमा कार्की सरकारले विद्रोहका मूल एजेन्डा कार्यान्वयन नगरेको उल्लेख छ।

ज्ञापनपत्रमा भनिएको छ, “विद्रोहको आधारमा बनेको सरकारले विद्रोहीहरूको न्यूनतम मागसमेत सम्बोधन गर्नुभन्दा केवल चुनावमै केन्द्रित हुने प्रयास गरिरहेको छ, जसले सरकारलाई लक्ष्यविहीन बनाइरहेको छ। यो विद्रोह केवल समयअगावै निर्वाचनको लागि गरिएको थिएन। त्यसैले हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले पहल गर्नुपर्ने हाम्रो आग्रह छ।”

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर