Lucky-Khabar_

बाराको सिमरामा प्रदर्शन स्थगित,यातायात भयो सुचारु

वीरगञ्ज । जेनजी युवाले राजमार्ग बाराको सिमरामा अवरुद्ध पार्दै गरेको प्रदर्शन बिहीबार स्थगित गरिएको छ। प्रशासनले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने आश्वासन र वार्तामा बस्ने सहमती दिएपछि युवा प्रदर्शनकारहरूले प्रदर्शन स्थगित गरेको बताए।

content ad p2

जेनजी युवा कपिल खरेलका अनुसार, प्रहरी प्रशासन र जेनजीबीच शुक्रबार वार्ता हुने तयारी गरिएको छ।

यसअघि प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो, जसमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए। प्रदर्शन स्थगित भएसँगै बिहान ११ बजेदेखि अवरुद्ध रहेको यातायात सुचारु भएको छ र सिमराको अवस्था सामान्य बनेको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर