Lucky-Khabar_

पावरप्लेमा लुम्बिनीले बनायो ५१ रन

काठमाडौं | चितवन राइनोजले राखिदिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सले पावरप्लेमा २ विकेट गुमाउँदै ५१ रन जोडेको छ। टस हारेर ब्याटिङ गरेको चितवनले दिएको मध्यम लक्ष्य तर्साउँदै लुम्बिनीले सुरुवात भने आक्रामक नै राख्यो।

content ad p2

सबैभन्दा पहिले आउट हुने खेलाडी डार्सी सर्ट रहे। उनले ६ बल खेलेर १ चौका र १ छक्काको सहायताले ११ रन बनाएपछि रिजन ढकालको बलमा बोल्ड भए। ५.३ ओभरको समाप्तीसम्म लुम्बिनीले १ विकेटमा ५० रन पुर्‍याइसकेको थियो।

त्यसपछि सन्दीप जोरा दोस्रो विकेटको रुपमा पावेलियन फर्किए। ५.४ ओभरमा रिजन ढकालले फ्याँकेको बलमा कुशल मल्लले उनलाई क्याच लिए। सन्दीपले १८ बलमा ४ चौका प्रहार गर्दै २८ रन जोडेका थिए।

हाल क्रीजमा रोहित पौडेल ४ रनमा र दिलिप नाथ शून्य रनमै अविजित छन्। चितवनका लागि दुवै विकेट रिजन ढकालले नै लिएका छन्। चितवनले यसअघि पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो। लुम्बिनी लायन्स भने आज आफ्नो पहिलो खेल खेलिरहेको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर