Lucky-Khabar_

रास्वपासँग उज्यालो नेपालको एकताको प्रस्ताव : चुनाव चिह्न ‘घण्टी’ र कार्यकारी वरिष्ठ उपाध्यक्षको मांग

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकता तथा सहकार्यका विषयमा निरन्तर संवाद जारी रहेको जनाएको छ।

content ad p2

पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार रास्वपासँग लामो समयदेखि एकता सम्भावनामा छलफल चलिरहेको भए पनि रास्वपाले राख्दै आएका विभिन्न सर्तका कारण समझदारीमा पुग्न कठिनाइ भएको छ।थापाले उज्यालो नेपाल पार्टी रास्वपाको चुनाव चिह्न ‘घण्टी’ लिएरै अघि बढ्न तयार रहेको बताउँदै, पार्टीको नाम मिलाउने, चुनाव चिह्न रास्वपाकै रहने तथा केन्द्रीय कमिटी पुनःसंरचना गर्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको जानकारी दिए|

नेतृत्व व्यवस्थापनका विषयमा उज्यालो नेपालले ‘कार्यकारी भूमिकासहित वरिष्ठ उपाध्यक्ष’ को व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको पनि उनले बताए।उनका अनुसार आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता हुन ढिलाइ हुनुमा रास्वपासँगको अनौपचारिक संवाद नै प्रमुख कारण बनेको हो। दर्तापछि पनि संवादलाई निरन्तरता दिइएको उनले स्पष्ट पारे|

यद्यपि वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताइए पनि रास्वपाबाट पटक–पटक नयाँ सर्तहरू आउँदा सहकार्यको सम्भावना अझै सुनिश्चित हुन नसकेको उज्यालो नेपाल पक्षको गुनासो छ।प्रवक्ता थापाले अझै पनि अर्थपूर्ण सहकार्यका लागि खुला रहेको बताए। यसैबीच उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने तयारीमा छ, जहाँ प्रमुख अतिथि कुलमान घिसिङ रहनेछन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर