Lucky-Khabar_

गायिका सुनिता दुलाल वैवाहिक जीवनमा बाँधिए ,एक प्रश्नको अन्त्य

काठमाडौं । करिब दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायिका सुनिता दुलाल वैवाहिक जीवनमा बाँधिएकी छन्। करियरलाई प्राथमिकता दिँदै विवाह ढिलाइ भएको बताउँदै आएकी दुलाललाई वर्षौंदेखि अन्तर्वार्तामा सोधिने “विवाह कहिले गर्ने?” भन्ने प्रश्नको अब अन्त्य भएको छ।

content ad p2

मंसिर १३ गते (नोभेम्बर २९) शनिबार गोकर्णेश्वर नगरपालिका–मुलपानीस्थित ग्रान्ड नोरलिङ होटल्स रिसोर्टमा उनी राजेश केसीसँग विवाहबन्धनमा अबद्ध भएकी हुन्। परिवारका सदस्य र नजिकका व्यक्तिहरू मात्र उपस्थित सानो जमघटमा दुलाल–केसी दम्पतीले वैवाहिक जीवन सुरु गरेका हुन्। काठमाडौंमा बस्दै आएका राजेश केसी निर्माण तथा कन्स्ट्रक्सन व्यवसायमा संलग्न इन्जिनियर हुन्।

केही महिनाअघि युरोपीय संगीत यात्राका क्रममा बेलायतमा रहँदा सुनिताले विवाहबारे प्रश्नको जवाफमा, “हरेक कुरा आफ्नो समयमा हुन्छ। करियरमा केन्द्रित भएकाले विवाहलाई अघि सारिनँ,” भन्दै अब भने विवाह गर्ने उपयुक्त समय आएको बताएकी थिइन्।

सयौँभन्दा बढी गीत गाइ सकेकी तथा देश–विदेशका कार्यक्रममा निरन्तर व्यस्त रहने दुलाल विशेषगरी तीज गीतकी लोकप्रिय गायिका मानिन्छिन्। ‘मायालुले झल्को दिइरहने’ बाट संगीत यात्रा सुरु गरेकी उनले ‘आमाले पकाएको मिठो दर खानलाई’ र ‘अब त मैले नि झुम्का लगाउँछु’ जस्ता तीजगीतले आफ्नो पहिचानलाई मजबुत बनाएको बताउँछिन्। यस वर्ष पनि उनले विभिन्न गीतका साथै प्रेमराजा महतको शब्द–संगीतमा ‘अहिलेको तीजैमा’ श्रोतामाझ पस्केकी थिइन्।

गीत–संगीतकै कारण आजको स्थानमा पुगेको अनुभूति व्यक्त गर्दै सुनिताले समयअघि विवाह गरेको भए कदाचित आफ्नो करियर यति अगाडि बढ्न नसक्ने धारणा राखेकी छन्। विवाहपछि पनि परिवार र पेशालाई सन्तुलित गर्दै निरन्तर संगीतमा सक्रिय रहने उनको अठोट छ। “दर्शक–श्रोताको माया रहनेसम्म यही क्षेत्रमा लागिरहन्छु,” उनले भनिन्।

विवाहपछि धेरै कलाकारको सक्रियता घट्ने उदाहरण भए पनि दुलालको करियर निरन्तरतामा कति असर पर्छ भन्नेचाहिँ समयले नै बताउनेछ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर