Lucky-Khabar_

रास्वपा र विवेकशील साझा औपचारिक रूपमा एकता भए

काठमाडौं । नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी औपचारिक रूपमा एकीकृत भएका छन्।

content ad p2

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आज विशेष समारोहमार्फत दुवै पार्टीका शीर्ष नेताहरूले एकता घोषणा गर्दै साझा यात्रा सुरु गरेका हुन्। केही दिनअघि मात्र रास्वपा सभापति रवि लामिछाने र विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले एकता सम्बन्धी सहमति गरेका थिए।

विवेकशील साझाको केन्द्रीय समिति बैठकले पार्टी एकताको प्रस्ताव अनुमोदन गरेसँगै प्रक्रिया मूर्तरूपमा अघि बढेको हो। दुवै पक्षले कार्यदल गठन गरी निरन्तर छलफल गरेपछि एकता समझदारीमा पुगेका हुन्। सहमति अनुसार विवेकशील साझाले रास्वपाको नाम र चुनाव चिह्नलाई जसकै तस राखेर निःसर्त पार्टीमा गाभिने निर्णय गरेको छ।

तर विवेकशील साझाका नेता मिलन पाण्डे भने यो एकीकरणमा सहभागी नहुने भएको जानकारी आएको छ।

पार्टी एकताले संसदमा चौथो ठूलो दलको रूपमा रहेको रास्वपाको प्रभाव क्षेत्र थप विस्तार हुने र वैकल्पिक राजनीतिको धार अझ सशक्त रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर