Lucky-Khabar_

रामगढवामा एकता युवा क्लबद्वारा सवारी दुर्घटना रोकथामसम्बन्धी जनजागरण कार्यक्रम सम्पन्न

वीरगञ्ज|वीरगञ्ज महानगरपालिका–२४, रामगढवामा एकता युवा क्लबले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका विषयमा जनजागरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका सदस्यहरूको सक्रियता तथा जिल्ला ट्राफिक कार्यालय पर्साको प्राविधिक सहकार्यमा गरिएको कार्यक्रममा सडक सुरक्षा, सुरक्षित ड्राइभिङ अभ्यास, ट्राफिक नियम पालनाको महत्त्व र दुर्घटना न्यूनकरणका उपायबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

content ad p2

कार्यक्रमका वक्ताहरूले हालैका वर्षहरूमा सवारी दुर्घटना बढ्दो क्रममा रहेको तथ्यांक प्रस्तुत गर्दै गति नियन्त्रणको कमी, नियम उल्लङ्घन, हेल्मेट–सिटबेल्ट प्रयोग नगर्ने प्रवृत्ति जस्ता प्रमुख कारणप्रति सहभागीहरूलाई सचेत गराए। साथै आकस्मिक अवस्थामापछ्याउने प्राथमिक उपचारका आधारभूत विधि तथा स्थानीय तहमा ट्राफिक सचेतना अभिवृद्धिका उपायसमेत व्यवहारिक रूपमा सिकाइयो।

जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी उपरीक्षक युवराज कटवालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा चालक समुदायको सक्रिय सहभागिता देखिएको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले सडक सुरक्षा सम्बन्धी व्यवहार परिवर्तनमा प्रोत्साहन मिलेको बताए।

एकता युवा क्लबका कोषाध्यक्ष शिवराज पटेलका अनुसार क्लब आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम निरन्तर आयोजना गर्ने योजनामा रहेको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर