Lucky-Khabar_

पर्सामा रास्वपाको RAT (र्‍यापिड एक्सन टिम)गठन

बीरगन्ज/पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा २२ सदस्यीय र्‍यापिड एक्सन टिम (RAT) गठन गरिएको छ।
होटल कन्ट्री इनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा सभापति हरि पन्तको अध्यक्षतामा टिम घोषणा गरिएको हो।
कार्यक्रममा रास्वपा पर्सा–१ का क्षेत्रीय सभापति राम आर्य, पर्सा–२ का सभापति फैयाज अन्सारी, पर्सा–३ का मनोज कुर्मी र पर्सा–४ का सभापति जितेन्द्र मिश्र विशेष अतिथिका रूपमा उपस्थित थिए।
यस्तै, जिल्ला सह–सचिव कृष्ण पासवान, सदस्य पूर्ण सापकोटा, रास्वपा पोखरिया नगर सभापति दिपेन्द्र पटेल, नेता महामुदीन आलम, मनोज प्रजापति लगायत अन्य नेताहरूको पनि उल्लेख्य उपस्थिति थियो।
नवगठित RAT टिमको नेतृत्व
रास्वपाको पर्सास्थित नवनिर्मित RAT (Rapid Action Team) विभागमा

content ad p2

प्रमुख : कृष्णनन्द ओझा,उप–प्रमुख : शिवराज पटेल,सचिव : रोहन कुमार,सह–सचिव : विकि कुमार ओझा, श्रीलकुमार पटेल
रहेका छन्।

 सदस्यहरूमा: हिमांशु गुप्ता, प्रियांसु कुमार तेली, मुन्ना ठाकुर लोहार, श्रवण पटेल, योगकुमार राय, अर्जुन सराफ, सन्तोष पटेल, अरविन्द कुमार गुप्ता, आवास आलम, राहुल चौबे, सनोज गुप्ता, सुनिल राउत, कुन्दन पासवान, दिनेश हजारा, दिलिप पासवान र सुदन हजारा सहित २२ जनाको टोली गठन भएको छ।
‘रास्वपा नै अब सुशासन र विकासको विकल्प’ — हरि पन्त
कार्यक्रममा प्रमुख अतिथि हरि पन्तले रास्वपा नै देशमा सुशासन र विकासको मार्गनिर्माण गर्ने शक्ति भएको धारणा राखे।
त्यसैगरी, रास्वपा पर्सा–१ का क्षेत्रीय सभापति राम आर्यले रास्वपा स्वच्छ र सभ्य राजनीतिका पक्षमा उभिएको पार्टी भएको उल्लेख गर्दै “देशको मुहार फेरिने विश्वास जनतामा स्थापित भइसकेको छ” भने।

रास्वपा पर्सा–३ का सभापति मनोज कुर्मीले एमाले परित्याग गरी रास्वपामा आएको कारण बताउँदै भने, “अब देश बदल्न रास्वपाबाहेक अरू कुनै पार्टी सक्षम छैन भन्ने विश्वास मैले र नेपाली जनताले गरेका छौँ।कार्यक्रम विभिन्न नेतृत्व तथा सहभागीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर