Lucky-Khabar_

हेटौंडा सडक डिभिजनले शनिबार बिहानै सडक विस्तार कार्य सुरू गरेको

बिरगंज| हेटौंडामा आज सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच स्थानीय प्रशासनको सहयोगमा डिभिजनले रेखाङ्कभित्र परेका संरचना हटाउन थालिएको हो।
बुद्धचोकस्थित एक खाली घर भत्काउने काम जारी रहेको डिभिजनले जनाएको छ।

content ad p2

डिभिजनले बजार क्षेत्रका अन्य स्थानहरूमा पनि एकैपटक डोजर सञ्चालन गरेर विस्तार कार्य अघि बढाएको छ।
तीन–चार ठाउँबाट एकैसाथ निर्माण कार्य अघि बढाइएको बताइएको छ।गत ५ मंसिरमा सडक डिभिजनले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म २५/२५ गज सीमा विस्तार गर्ने भन्दै सूचना जारी गरेको थियो।

१५ दिनभित्र घर–टहरा हटाउन अल्टिमेटम दिइएको सो सूचनाको अन्तिम मिति शुक्रबार नै सकिएको थियो।सर्वोच्च अदालतको आदेशअनुसार सूचना निकालिएको र तोकिएको समयमा संरचना नहटाए डिभिजनले आफैं भत्काउने चेतावनी दिएको हो।
तर १५ दिन पूरा हुँदासमेत सडक सीमा पूर्ण रूपमा खाली हुन सकेको छैन।

घरधनी र व्यवसायीहरू मुआब्जा तथा क्षतिपूर्तिको मागसहित आन्दोलनमा उत्रिएका छन्।सडक विस्तार प्रभावित क्षेत्रका धेरै व्यवसायीहरूले प्रदर्शन गर्दै विरोध जनाइरहेका छन्।उद्योग वाणिज्य संघ मकवानपुरले भने आन्दोलनमा सहभागी नहुने निर्णय गरिसकेको उपाध्यक्ष उज्वल चौलागाईंले बताएका छन्।केही घरधनीले संरचना भत्काउन तयारी गर्दै सामान सारिसके पनि अधिकांश पक्ष सडक डिभिजनको कदमविरुद्ध प्रतिकार गर्ने चेतावनी दिइरहेका छन्।

डिभिजनका अनुसार वर्षौँदेखि विस्तार कार्य रोकिँदै आएको स्थितिलाई निरन्तर थामिराख्न अब सम्भव छैन।२०७६ असारमा १ नम्बर वडामा सरकारी निकायले प्रयोग गरिरहेको सडक क्षेत्र खाली गराएपछि डिभिजनले प्रमुख रूपमा काम अघि बढाएको थिएन।त्यतिबेला राप्ती रोडमा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो।

दुई वर्षअघि सूचना निकालिएपछि घरधनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि काम रोकिएको थियो।उक्त मुद्दाको फैसलालाई आधार मानेर अहिले पुनः विस्तार थालिएको डिभिजनले बताएको छ।सडक विस्तार क्षेत्र ८.५ किलोमिटरभित्र कुल ५३१ घर–टहरा तथा संरचना हटाउनुपर्ने डिभिजनले जानकारी दिएको छ।

रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको दायाँपट्टि २३४ र बायाँपट्टि २९७ संरचना भत्काउनुपर्ने देखिएको डिभिजन प्रमुखले बताए।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर