Lucky-Khabar_

रूसी सेनामा कार्यरत भारतीय युवा सुरक्षित फर्काइदिनुहो:स्पुटिनलाई मोदीको आग्रह

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका क्रममा रूसी सेनामा भर्ती भएका भारतीय युवाहरूको सुरक्षित उद्धारको विषय प्रमुख रूपमा उठाएका छन्। भारतको विदेश मन्त्रालयका अनुसार कम्तीमा ४४ जना भारतीय नागरिक रूसी सेनामा फसेका छन्। भारतीयहरूसँगै केही नेपाली युवाहरू पनि त्यहाँ भर्ती भएका छन् भने उनीहरूको अवस्थाबारे चिन्ता बढ्दो छ।

content ad p2

भारत भ्रमणमा रहेका राष्ट्रपति पुटिनसँग मोदीले २४ घण्टाभित्र तीनपटक भेटवार्ता गरेका छन्। दुबै नेताबीच निजी रात्रिभोज, औपचारिक द्विपक्षीय बैठक, संयुक्त पत्रकार सम्मेलन तथा भारत–रूस व्यापार मञ्चमा सहभागिता सहित व्यस्त कूटनीतिक कार्यक्रम पूरा गरिएको छ।

यसपटक भेटवार्ताबाट ठूलो रक्षा सम्झौता हुने अपेक्षा भए पनि त्यस्तो कुनै घोषणा भएन। यद्यपि, दुबै देशबीच १९ वटा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर गरिएको छ। यी सम्झौताहरूले व्यापार विस्तार, जहाज निर्माण, ध्रुवीय समुद्री क्षेत्रमा भारतीय सेनालाई तालिम सहयोग, नयाँ शिपिङ लेनमा लगानी, सिभिल आणविक ऊर्जा तथा महत्वपूर्ण खनिज क्षेत्रमा सहकार्यलाई प्रोत्साहन गर्ने बताइएको छ।

मोदीले विशेषत: रूसी सेनामा रहेका भारतीयहरूको सुरक्षित फिर्ती नै भारतका लागि प्राथमिकता रहेको भन्दै पुटिनसँग आग्रह गरेका छन्।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर