Lucky-Khabar_

वीरगंजमा ट्रामाडोलका ७६ हजारभन्दा बढी क्याप्सुल लागुऔषध सहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले मंसिर २३ गते साँझ करिब ६ बजे वीरगंज–१५, प्रतिमाचोकस्थित टिकट काउण्टर अगाडि पार्क गरिएको बागमती प्रदेश ०८-००१ ज ०११७ नम्बरको EV गाडीबाट ६० हजार ५३० पिस Tramadol Hydrochloride क्याप्सुल फेला पारेको थियो।

content ad p2

गाडीभित्र रातो र गुलाबी रंगका दुई सुटकेसमा लुकाएर राखिएको अवस्थामा लागुऔषध भेटिएपछि सुटकेस बोकिरहेका दुई जनालाई तत्काल नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

यसपछि गरिएको थप अनुसन्धानमा वीरगंज–२४, रामगढवास्थित डेरा कोठाबाट अतिरिक्त १५ हजार ६४० पिस ट्रामाडोल क्याप्सुल बरामद भएपछि कुल ७६ हजार १७० पिस लागुऔषध फेला पारिएको हो।

पक्राउ परेकामा वीरगंज–२४, रामगढवा निवासी २० वर्षीय युवराज पटेल, २१ वर्षीय अफजल देवान, धादिङ बेनिघाट–रोराङ–६ का १९ वर्षीय रामहरि मगर तथा धादिङ सिद्धलेक–७ का १९ वर्षीय राजकुमार मगराती रहेका छन्।

लागुऔषध तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर